बाराको फेटा गाउँपालिकामा नवनिर्मित अस्पताल उद्घाटनका क्रममा विवाद चर्किएपछि झडप भएको छ। झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवा घाइते भएका छन्।
अस्पताल उद्घाटनका लागि तयार पारिएको टेन्ट, मञ्चलगायतका सामग्रीमा तोडफोड भएपछि कार्यक्रमस्थल तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो।>
सोही क्रममा गोली लागेर घाइते भएका युवालाई उपचारका लागि अस्पताल लगिएको छ। उनको पहिचान र स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण खुल्न सकेको छैन।>
>
घटनापछि थप तनाव हुन नदिन स्थानीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ। झडपको कारण र प्रहरीको गोली प्रहारबारे थप विवरण आउन बाँकी छ।>>